coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डेंगी संक्रमणबाट २० जनाको मृत्यु,संक्रमितको संख्या १६ हजार नाघ्यो

ललितपुरमा संक्रमितको संख्या धेरै

नेपालमा पछिल्लो समय डेंगी संक्रमितको संख्या बढीरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म डेंगीबाट २० जनाको मृत्यु भइसकेको छ।  

हालसम्मको तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ। त्यसमध्ये ललितपुरमा संक्रमितको संख्या धेरै रहेको छ।  

ललितपुरमा संक्रमितको संख्या ४ हजार ६०४ रहेको छ। काठमाडौंमा ४ हजार ४५४, भक्तपुरमा ७१३ गरी उपत्यकामा, डेंगी संक्रमितको संख्या ९ हजार ७७१ पुगेको छ।  

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै १ हजार ५९७ जनामा संक्रमण देखिएको छ। दाङमा ९९४, रुपन्देहीमा ६५९, चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ तथा काभ्रेमा १५२ जनामा संक्रमण देखिएको छ। अन्य जिल्लामा संक्रमितको संख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ।

डेंगी संक्रमणको संख्या अझै केहि महिनासम्म बढन सक्ने स्वास्थ्य विज्ञहरूले बताइहेका छन्। डेंगीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु प्रमुख उपाय भएकाले  आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउनु विज्ञहरूको सुझाव छ।  

प्रकाशित: ३ आश्विन २०७९ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App