coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

प्रोष्टेट क्यान्सरदेखि सचेत होऔंः चिकित्सक

पछिल्ला वर्षहरुमा प्रोष्टेट क्यान्सरका बिरामीहरुको संख्या बढ्न थालेको भन्दै चिकित्सकहरुले सचेत हुन आग्रह गरेका छन्। कुनै बेला नेपालमा फाटफुट मात्रै भेटिने प्रोष्टेट क्यान्सरका बिरामी पछिल्ला वर्षहरुमा दोश्रो तेश्रो बढी हुने क्यान्सरमा पर्न आएको तथ्यांक उनीहरुले प्रस्तुत गरे।

प्रोष्टेट क्यान्सर पुरुषहरुमा लाग्ने क्यान्सर हो। यो पुरुषहरुको यौन अंगनेर हुने गर्दछ। नेपाल क्यान्सर सहयोग समूहको ३४औं सुदीप्त क्यान्सर सर्भाइभर मिटको शुक्रबार ललितपुरमा भएको कार्यक्रममा उनीहरुले विकसित देशमा पहिलो नम्बरमा परेको यो क्यान्सर नेपालमा पनि अहिले दोश्रो तेश्रो धेरै हुने क्यान्सरमा पर्न थालेको जनाए।

क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले यसका लागि लक्षण नदेखिएकै बेला वर्षमा एक पटक स्क्रिनिंग टेष्ट गर्न सुझाए। साथै खानपानमा पनि विशेष ध्यान दिन उनले सुझाए। प्रोष्टेट क्यान्सर विशेषज्ञ डा. विजेशराज घिमिरेले कुनै बेला नेपालमा फाटफुटै मात्रै देखिने यो क्यान्सर अहिले पछिल्ला वर्षहरुमा डरलाग्दो रुपमा आएको बताए। यसकारण क्यान्सर रोग निको हुने रोग हो भनेर हेलचेक्राइ नगर्न उनले सुझाए।

यस्तै डा. मुरारीमान श्रेष्ठका अनुसार कुनै बेला प्रोष्टेट क्यान्सर १२औँ बढी हुने क्यान्सरमा पर्दथे। तर विस्तारै यो उकालो चढ्दै १२,१०,७ हुँंदै अहिले पुरुषमा हुने क्यान्सरमध्ये दोश्रो तेश्रो बढी हुने क्यान्सरमा पर्न थालेको तथ्यांक प्रस्तुत गरे।

कार्यक्रममा प्रोष्टेट क्यान्सर लागेर निको भएका पूर्व बिरामीहरुलाई खादा ओढाइ सम्मान गरी बधाइ ज्ञापन गरिएको थियो। कार्यक्रममा क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सरदेखि डराउनु नपर्ने भएको पनि बताए। तर रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनुमा विशेष ध्यान दिनुपर्ने उनीहरुले बताए।

साथै क्यान्सर रोग पता लागेपछि ढिला नगरी तत्काल उपचार सुरु गरिहाल्नुपर्नेमा उनीहरुको जोड थियो। उनीहरुले अहिले नेपालमै अन्तर्राष्टियस्तरको क्यान्सरको उपचार भित्रिसकेको दाबी गरे। नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भएको कार्यक्रममा नेपालमै अन्तराष्टिय प्रविधिसहितको क्यान्सरको उपचार भएको उनीहरुले बताए।

पहिला क्यान्सर रोग निको नहुने रोग भएकोले क्यान्सर ह्याज नो एन्सर भएको तर अहिले क्यान्सर निको पार्न सकिने रोग भएकाले अहिले क्यान्सर ह्याज एन्सर भएको उनीहरुले बताए। कार्यक्रममा आयोजक नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष डा. स्वरुपा श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञहरु डा. रविन जोशी, डा. बच्चुकैलाश कैनीलगायतले क्यान्सर निको हुने रोग भए पनि क्यान्सरको उपचार तत्काल सुरु गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ३१ भाद्र २०७९ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App