१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप दुई सय २१ जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा थप दुई सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

बितेको २४ घण्टामा दुई सय छ जना कोरोनामुक्त भइ घर फर्किएका छन्। निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ। सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ४४ जना पुगेको छ। यस्तै आज  संक्रमणबाट कसैको पनि निधन भएको छैन।

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी संक्रमित भएको जिल्ला ललितपुर रहेको छ। संक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम र मुगु रहेका छन्।

होम आइसोलेसनमा दुई हजार तीन सय १२, संस्थागत आइसोलेसनमा एक सय ३२, आइसियुमा ३८ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ। आज कोरोनाविरुद्धको खोप दुई लाख ६९ हजार छ सय ४५ जनाले लगाएका छन्। 

प्रकाशित: २० भाद्र २०७९ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App