८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना संक्रमणबाट थप दुईको मृत्‍यु,थपिए २ सय संक्रमित

पछिल्लो २४ घण्टामा थप २ सय जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्।

३ हजार ५३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो।  

यही अवधिबाट थप ३३९ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ६४२ पुगेको छ। त्यस्तै, २ लाख ९७ हजार ११५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन्।

प्रकाशित: १८ भाद्र २०७९ १०:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App