coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वाग्मतीमा डेंगी प्रकोप बढ्यो

फाइल तस्बिर

दुई सातादेखि डेंगी सक्रमण वाग्मती प्रदेशमा सबैभन्दा बढी फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २१ सय ७९ जनमा डेंगी संक्रमण पुष्टि भएकोमा वाग्मती प्रदेमा मात्र १२ सय ९१ जना छन्। त्यसपछि बढी संक्रमित हुनेमा लुम्बिनी प्रदेशमा ५ सय ८३ जना, तेस्रो बढी संक्रमित हुनेमा प्रदेश एकमा १ सय ४४, गण्डकीमा ५२ मधेसमा ४८, सुदूरपश्चिममा ४४ र कर्णालीमा १७ जना छन्।

वाग्मती प्रदेशमा पनि सबैभन्दा बढी काठमाडौं उपत्यकाका तीन जिल्ला फैलिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भेन्टर कन्ट्रोल इनिसपेक्टर उत्तम प्याकुरेलले जानकारी दिए। उनका अनुसार उपत्यकामा घनाबस्ती भएको तथा एडिस लामखुट्टे फैलिने अनुकूल बासस्थान बढी मात्रामा भएकाले यी स्थानहरूमा बढी संक्रमण फैलिएको बताए।

हाल यो प्रदेशको मुख्य अस्पतालहरूमा २० देखि २५ जना डेंगी संक्रमणको कारण अस्पताल भर्ना भई उपचारमा रहेको प्याकुरेलले बताए। तीमध्येमा केही बिरामी गम्भीर अवस्थाका छन्। डेंगी प्रकोप तीव्र फैलिएपछि महाशाखााले स्थानीय निकाय र ललितपुरको ३० वटै र काठमाडौंको ३२ वटै वडासँग समन्वय गरी अभिमुखीकरण गरिसकेको इन्सपेक्टर प्याकुलले बताए।

डेंगी नियन्त्रणका लागि मुख्य उपाय लामखुट्टेको बासस्थान पहिचान र लार्भा नष्ट प्रक्रिया रहेकोले शुक्रबारदेखि नै उपत्यकाका सबै वडामा सरोकारवालासहित लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने कार्यक्रम सुरु हुने प्याकुरेलले जनाए। प्याकुरेलका अनुसार सरकार एक्लैले सम्भव नभएकोले नागरिक समाज, आमा समूह, टोल सुधार समित, स्वास्थ्य स्वयंसेविका, सबैलाई परिचालन गरिनेछ।

हालसम्म ७७ जिल्लामा डेंगी संक्रमण देखिइसकेको पाइएको छ भने संक्रमितमध्येमा कैलालीमा एकजनाको संक्रमण्को कारण मृत्यु भएको रिपोर्ट छ। तर मृत्युको बारेमा महाशाखाले पुष्टि गर्न बाँकी रहेको प्याकुरेलले बताए।

उनको अनुसार तीन वर्षदेखि हरेक वर्ष विश्वभर डेंगीले प्रकोपको रूप लिएको र त्यसको प्रभाव नेपालमा पनि परेकोले सरकारले यसको नियन्त्रणको लागि पहिला नै बजेट बिनियोजन गरिसकेको थियो। सोही अनुसार ७ वटै प्रदेश, ६३ वटा जिल्ला र १ सय ३९ वटा स्थानीय तहमा बजेट बिनियोजन गरिकसकेको थियो।

सोही अनुसार सबैतिर बजेट पठाइसकेको महाशाखाले जनाएको छ। हालसम्म थप एक महिना डेंगी संक्रमण फैलिने र त्यसपछि रोकिने सम्भावना रहेको इन्सेपेक्टर प्याकुरेलले बताए। ‘एक महिनापछि डेंगी लामखुट्टे बाँच्ने स्थिति रहँदैन,’ उनले भने।

प्रकाशित: १७ भाद्र २०७९ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App