coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थप ६५८ जनामा संक्रमण पुष्टि भएसँगै १ को मृत्यु

बितेको २४ घण्टामा ६ सय ५८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३ सय ८१ पीसीआर परीक्षणमा ४ सय ५ जना र तीन हजार २ सय ६२ एन्टिजेन परीक्षणमा २ सय ५३ जना गरी ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा संक्रमणबाट १ जनाको मृत्यु भएको छ। त्यस्तै ४ सय ५६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर चार हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १ सय  ३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ६२ जना संस्थागत आइशोलेशन र ५० जना आइसीयूमा छन्।

यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार ९ सय ४० पुगेको छ। यसैबीच सोही अवधिमा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ६ भाद्र २०७९ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App