१७ आश्विन २०७९ सोमबार
स्वास्थ्य

एकैदिन एक हजार बढीमा कोरोना पुष्टि, २ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। कुल ६ हजार ३०० जनामा भएको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

यस्तै आज कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ३३४२ जनामा परीक्षण गर्दा ५३० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पीसीआर विधिबाट २९५८ जनामा परीक्षण हुँदा ५६० जनामा संक्रमण पुष्टि भएको छ।  

यस्तै पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमत ५ हजार ८०६ जना रहेका छन्।

प्रकाशित: २४ श्रावण २०७९ १७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App