८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

थप छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण

मुलुकभर पछिल्लो २४ घण्टामा थप छ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।  

यो सँगै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ४१ पुगेको छ । यस अवधिमा चार सय ४४ जना सङ्क्रमणमुक्त भएका छन्। हालसम्म नौ लाख ७२ हजार ६४ जना सङ्क्रमणमुक्त भएका छन्। यस्तै आज कोरोना भाइरसको  सङ्क्रमणबाट एक जनाको निधन भएको छ। यससँगै अहिलेसम्म ११ हजार नौ सय ७१ जनाको सङ्क्रमणबाट निधन भएको छ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ र कास्की रहेका छन्। सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालिकोट र हुम्ला रहेका छन्।  

यस्तै होम आइसोलेसनमा पाँच हजार चार सय ७१, संस्थागत आइसोलेसनमा एक सय ७०, सघन उपचारकक्ष ९आइसीयू०मा ४६ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा २० हजार छ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।होम आइसोलेसनमा पाँच हजार चार सय ७१, संस्थागत आइसोलेसनमा एक सय ७०, सघन उपचारकक्ष ९आइसीयू०मा ४६ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा २० हजार छ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

प्रकाशित: २१ श्रावण २०७९ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App