५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

देशभर ३ हजार ११२ कोरोना परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि

देशभर थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ११२ कोरोना परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो।  

जसमा १ हजार ९४४ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ७३ जना र एन्टीजेन विधिबाट गरिएको १ हजार १ ६८ परीक्षणमा १७ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमित मध्य थप २० जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ सय  १ रहेको छ।

प्रकाशित: २१ असार २०७९ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App