coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङ अस्पतालमा एमडी जिपी डाक्टर पठाइने

स्वास्थ्य मन्त्रालयले ताप्लेजुङ जिल्ला अस्पतालका लागि एकजना स्थायी दरबन्दीको एमडी जिपी डाक्टर पठाउने आश्वासन दिएको छ।

ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको नेतृत्वमा गएको टोलीले सोमबार स्वास्थ्य मन्त्रालयमा पुगेर ताप्लेजुङ जिल्ला अस्पतालका लागि विशेषज्ञसहितको डाक्टर दरबन्दी कायम गरी जनशक्ति र सोही अनुसारको उपकरण व्यवस्थापनका बारेमा ध्यानाकर्षण गराएका थियो।

‘माननीय मन्त्री र राज्यमन्त्री दुवै जनाले ताप्लेजुङमा एमडी जिपी तहको डाक्टर र उपकरण व्यवस्थापनका बारेमा आफूहरु सकारात्मक छौं भन्नुभएको छ’ समन्वय समिति प्रमुख लामाले भने ‘एमडी जिपी डाक्टर तत्काल पठाउने भन्नु भएकोले हामी यस विषयमा आश्वास्त भएर फर्कियौं।’

उनले स्वास्थ्य मन्त्रालयबाट देशभरमा २९ जना एमडी जिपी डाक्टर रहेकोमा ताप्लेजुङ जिल्ला अस्पतालका लागि तत्काल एक जना पठाइदिने आश्वासन प्राप्त भएको बताए। समन्वय समिति प्रमुख निर्वाचित भएर पदभार ग्रहण गरेको दुई दिनपछि नै उनी अस्पतालको अवस्था सुधार गर्ने विषय बोकेर स्वास्थ्य मन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानी खापुङलाई भेट्न काठमाडौँतर्फ गएका छन्।

ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक बिजया राईका अनुसार ताप्लेजुङ जिल्ला अस्पतालमा अहिले छात्रवृत्ति करारका एक जना एमडिजिपी र २ जना मेडिकल अफिसर कार्यरत छन्। उनीहरुमध्ये १ जना छात्रवृत्ति करारका मेडिकल अफिसर र १ जना निक साइमनमार्फत कार्यतर १ जना मेडिकल अफिसर रहेको राईले जानकारी दिइन्।

प्रकाशित: ६ असार २०७९ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App