coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थप २१ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ७८८ को नमूना परीक्षण गरिएको थियो। तीन हजार ७० ले पिसिआर र ७१८ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ८३९ पुगेको छ। निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ११ हजार पाँच रहेको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८७ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ। होम आइसोलेसनमा १८६ र संस्थागत आइसोलेसन एक जना सङ्क्रमित रहेका छन्।

हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन्। शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, पाँचथर, सङ्खुवासभा, पर्सा, सप्तरी, रौतहट, दोलखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डढेलधुरा रहेका छन्।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ४७, ललितपुरमा नौ र भक्तपुरमा तीन सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ। रासस

प्रकाशित: २८ वैशाख २०७९ १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App