६ जेष्ठ २०७९ शुक्रबार
स्वास्थ्य

तीन महिना पूरा भएपछि बुस्टर खोप लगाउन मिल्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप तीन महिना पूरा भएपछि पुनःबुस्टर खोप लगाउने भएको छ।

यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए। पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको तीन महिना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको हो।

मन्त्रालयले १८ वर्षदेखि माथिका उमेर समूहलाई पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ।

प्रकाशित: ९ वैशाख २०७९ २०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App