२ चैत्र २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा ८ हजार २२९ किशोरीहरुलाई एचपिभी खोप लगाइँदै

फाइल तस्बिर

पाठेघरमा हुने क्यान्सरलाई रोक्न कपिलवस्तुका ८ हजार २२९ किशोरीहरुलाइ  एचपिभी खोप लगाइँदै छ । कक्षा ६ मा अध्ययनरत तथा केही विद्यालय बाहिर रहेका किशोरीहरुलाई यहि माघ २५ गते देखि २९ गतेसम्म संचालन हुने खोप अभियानमा सो खोप लगाईने भएको हो ।

जिल्लामा यो खोप गतवर्ष कक्षा ६ देखि १० सम्म अध्ययरत ४४ हजार ४ सय ७१ जना किशोरीलाई लागउने लक्ष्य लिइएकोमा ९० प्र्रतिशत बढीमा खोपको पहुँच पुगेको थियो । स्वास्थ्य कार्यालयद्वारा तौलिहवास्थित जिल्ला समन्वय समितिको हलमा आयोजित खोप समन्वय समितिको बैठक तथा संचारकर्मी अन्रक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो ।

स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन केदारनाथ शाहले कक्षा ६ मा अध्ययनरत जिल्लाका सबै बिद्यालयका ७ हजार ५ सय ५२ तथा बिद्यालय बाहिर रहेका ९ सय ७७ किशोरीलाई अभियानमा सो खोप लागउने तयारी गरिएको बताए । खोपका लागि सरकारी, निजी र धार्मिक गरी ३ सय ५१ खोप केन्द्र कायम गरिएको छ । प्रत्येक खोप केन्द्रमा एक जना भ्याक्सिनेटर र २ जना स्वयमसेवक रहने छन् । अभियानमा ७ सय २ स्वाथ्यकर्मी र ३ सय ५१ जना स्वयमसेवक खटिने छन् । जिल्लाका १० वटै पालिकमा रहेको विद्यालयमा ५ दिने अभियान चल्नेछ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले अभियान सफल बनाउन प्रचारप्रसार अभियानलाई तीब्र बनाउनु पर्ने बताए । उनले कोही पनि खोपबाट नछुटने गरी पालिकासंग समन्वय गरी अघि बढनु पर्ने बताए । सो अवसरमा खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय सतितिको प्रमुख बावुराम आचार्यले खोप प्रभावकारी रहेकोले यस विषयमा आउने भ्रमहरुलाई चिर्ने गरी अभियानलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले यो अभियानलाई सफल बनाउन आफुहरुले पुर्णरुपमा साथ दिने बताए । महिलाहरूलाई हुने पाठेघरको क्यान्सर संसारका सबै देशहरूमा नै जनस्वास्थ्यको प्रमुख समस्याको रूपमा देखा परेको छ ।

नेपाली महिलाहरूमा हुने विभिन्न प्रकारका क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण रहेको छ । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको छ भने एक हजार ३१३ जना महिलाको सोही क्यान्सरका कारण मृत्यु हुने गरेको छ । पाठेघरको क्यान्सर प्रायः ह्यूमन प्यापिलोमा भाइरस (एचपिभी) का कारण हुने गर्छ । महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपिभी नामक भाइरसविरूद्ध उक्त खोप दिन लागिएको हो ।

केहो एचपिभि ?  

यो एक प्रकारको भाईरस हो । यसलाई ह्युमन प्यापिलोमा भाईरस भनिन्छ । पाठेघरको मुखको क्या्रन्सर को प्रमुख कारक एचपिभि हो । यो भाईरसको २ सय भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन । ती मध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक भएको डाक्टरहरु बताउछन । त्यस मध्ये पनि प्रजाति १६ र प्रजाति १८  प्मुख कारक हुन । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सरयी दुई प्रजातिहरुबाट भएको देखिन्छ । प्रत्येक दिन ४ जना महिलाहरुको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गरेको छ ।

प्रकाशित: २३ माघ २०८२ १९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App