११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

'सरकारले अनुसन्धानको क्षेत्रमा लगानी बढाउँदै जानुपर्छ'

स्वास्थ्य वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा सुरु भएको छ।

चैत्र २७ देखि २९ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनतामाझ लैजाने विषयमा छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए। उनले सरकारले अनुसन्धानको क्षेत्रमा लगानी बढाउँदै जानु पर्ने बताए। सदस्यसचिव ज्ञवालीले सरकारले अनुसन्धान संस्था विकास गर्ने, अनुसन्धानकर्ताहरुको वृत्ति विकास गरेर उनीहरुलाई अभ्यास गर्ने वातावरण मिलाउनु पर्ने बताए। उनले  नेपाल सरकारले तोकेको स्वास्थ्यका प्राथमिकताको क्षेत्रभित्र रहेर अनुसन्धान भयो वा भएन भन्ने विषयको जानकारी राख्नुपर्ने आवश्यकता रहेको बताए। सदस्यसचिव ज्ञवालीले अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धान अनुसन्धानका लागि मात्रै नभइ जनताको आवश्यक्ता परिपूर्ति गर्ने किसिमका हुन आवश्यक भएको बताए। उनले अनुसन्धान कर्ताहरुले गरेको उत्पादनले राज्य समृद्ध बनाउन सहयोग पुग्ने बताए।

सदस्यसचिव ज्ञवालीले राज्यलाई सही रुपमा चाँडै परिवर्तन गर्नको लागि अनुसन्धानमा लगानी गरेर जनताको आवश्यक्ताका कुरा उत्पादित गरी खर्च जोगाउन सकिने पनि बताए।

प्रकाशित: २७ चैत्र २०७८ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App