१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

संविधान संशोधनको बहस : पूर्वउच्च अधिकारीसँगको परामर्श आज

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज (मंगलबार) पूर्व संवैधानिक निकायका प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग छलफल गर्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म परामर्श कार्यक्रम तय गरेको हो।

कार्यदलका सदस्य–सचिव लिलाधर सुवेदीका अनुसार छलफलमा सहभागी विज्ञहरूबाट संविधान संशोधनसम्बन्धी सुझाव संकलन गरिनेछ।

यसअघि वैशाख १० गते बसेको कार्यदल बैठकले पूर्व उच्च पदस्थ अधिकारीहरू र विषयविज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उक्त छलफल आयोजना गर्न लागिएको हो।

प्रकाशित: २२ वैशाख २०८३ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App