३० वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कुनै बहाना नगरी खोप अभियानमा लाग्नुस्: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालमा भोलि (शुक्रबार) बाट सुरु हुने टाइफाइडविरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिएका छन्।

बिहीबार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सम्बन्धित अभियान कर्ताहरुलाई कुनै बहाना नगरी टाइफाइडविरुद्धको खोप अभियान सम्पन्न गर्न निर्देशन दिएका हुन्।

मन्त्री खतिवडाले अहिले स्थानीय तहको निर्वाचन नजिकीरहेकोले विभिन्न बहानामा खोप अभियान भड्काउन खोज्ने भन्दै कुनै बहाना नगरी काममा लाग्नुपर्ने बताए। उनले नेपाल टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने दक्षिण एशियामै पहिलो राष्ट्र भएको बताए। 

उनले यो अभियान भोलि (शुक्रबार) बाट देशव्यापी रुपमा ५० हजार भन्दा बढी विद्यालय वा खोपकेन्द्रमा सञ्चालन हुने पनि बताए। उनले यसअघि ११ प्रकारका खोप नेपालमा राष्ट्रव्यापी रपमा शुरु भइसकेको र अब टाइफाइडविरुद्धको खोप लगाएसँगै नेपालमा १२ किसिमका खोप अभियान राष्ट्रव्यापी रुपमा सुरु हुने बताए।

उनले यो अभियानमा लाग्ने अभियान कर्ताहरुलाई स्थानीय तहको निर्वाचनका कारण प्रभावित भयो भन्ने बहाना नबनाइ काम सम्पन्न गर्न पनि निर्देशन दिए। मन्त्री खतिवडाले अबको केही दिनमा अर्को एउटा खोप राष्ट्रव्यापी रुपमा सबै नागरिकलाई हुनेगरी सञ्चालन गर्ने पनि घोषणा गरे।

प्रकाशित: २४ चैत्र २०७८ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App