प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय १६ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, झापामा १५, सुनसरीमा १३, इलाम र तेहृथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो।
मोरङको विराटनगरमा ८, बुढीगंगामा ७, सुन्दरहरैचामा ४, उर्लाबारीमा २, जहदा, कानेपोखरी, बेलबारी, केराबारी, कटहरी र लेटाङमा १–१ जनामा संक्रमण देखिएको छ। झापाको विर्तामोडमा ३, शिवसताक्षी, मेचीनगर, भद्रपुर र दमकमा २–२, कनकाई, हल्दिबारी, गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको इटहरीमा ७, इनरुवामा ३, भोक्राहानरसिंह, बराहक्षेत्र र स्थानीयतह नखुलेका १–१, इलामको माई र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।
तेहृथुमको आठराई र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवीमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा बुधबार १ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ५१ म्हिला र ५४ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ हजार ४ सय १६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रकाशित: ४ फाल्गुन २०७८ १३:२१ बुधबार





