coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट थप ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१४ रहेको छ।  

सोही क्रममा देशभर १ हजार ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन्।

प्रकाशित: २३ माघ २०७८ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App