१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय १ जनामा कोरोना संक्रमण भएको छ। ६ सय २० जनाको पिसिआर परीक्षण गर्दा २ सय १६ र ६ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८, धनकुटामा ३, इलाम र पाँचथरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैँचामा ६, पथरीशनिश्चरे र बेलबारीमा ४–४, बुढीगंगा, उर्लाबारी र कानेपोखरीमा ३–३, कटहरी, सुनबर्षी र लेटाङमा २–२, धनपालथान, केराबारी, रंगेली, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २४, धरानमा २०, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जु, भोक्राहानरसिंह र कोसी गाउँपालिकामा २–२, दुहबी, देवानगञ्ज र रामधुनीमा १–१, झापाको भद्रपुरमा ८, दमकमा ७, शिवसताक्षीमा ५, गौरादहमा ४, विर्तामोड र कनकाईमा ३–३, मेचीनगर, अर्जुनधारा, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, हल्दिबारी र बुद्धशान्तिमा १–१, उदयपुरको त्रियुगामा ३, उदयपुरगढी र चौदण्डीगढीमा २–२, कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, पाँचथरको कुम्वायक र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा बुधबार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय १३ महिला र २ सय ४२ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार २ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १९ माघ २०७८ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App