४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा ८५ वर्षीय कोरोना संक्रमितको मृत्यु

नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ निवासी ८५ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको हो।  

भेरी अस्पतालमा गत पुस २३ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएपछि उनी भोलीपल्ट अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा कुनै सुधार नआएपछि बुधबार बिहान ८ः४५ बजेतिर मृत्यु भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।  

यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ४७ जनाको मृत्यु भएको छ। यस्तै कोरोना संक्रमित भएर बाँकेमा उपचारका लागि आएका ४ सय ४१ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए।

प्रकाशित: १९ माघ २०७८ ०५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App