२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ६२ जनामा कोरोना संक्रमण भएको छ। ६ सय ४० जनाको  पिसिआर परीक्षण गर्दा २ सय २४ र ६ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा  मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा ३, इलाममा २, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ६३, सुन्दरहरैँचामा ८, बेलबारीमा ५, लेटाङ र बुढीगंगामा ४–४, उर्लाबारीमा ३, कानेपोखरी, सुनबर्षी, पथरीशनिश्चरे र रतुवामाईमा २–२, झापाको दमकमा १५, कनकाईमा १०, अर्जुनधारा र भद्रपुरमा ६–६, विर्तामोड र मेचीनगरमा ४–४, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, बाह्रदशीमा २, गौरादह र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २४, भोक्राहानरसिंहमा ४, हरिनगरमा ३, देवानगञ्ज र रामधुनीमा २–२, दुहबी, बर्जु, बराहक्षेत्र, कोसी गाउँपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा ३, कटारीमा १, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको सिदिङ्वा, तेह्रथुमको लालिगुराँस, धनकुटाको पाख्रिबास र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आइतबार ६ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ सय ६९ महिला र ३ सय ९ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या ६ हजार २ सय रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १६ माघ २०७८ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App