१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा आवागमन पुनः दुईतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार दिउँसो ३ बजे चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रमा पर्ने खहरे खोलानजिकै सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पहिरो खसेसँगै नारायणगढ र मुग्लिनतर्फबाट आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। व्यस्त सडकखण्ड अवरुद्ध भएपछि यात्रु तथा सवारी चालकहरू समस्यामा परेका छन्।

सडक डिभिजन भरतपुरले पहिरो पन्छाएर सडक सञ्चालनका लागि आवश्यक काम भइरहेको जनाएको छ। वर्षायामका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा पटक–पटक पहिरो खस्ने जोखिम रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

यसअघि बिहान ८ बजेदेखि अवरुद्ध भएको सडक करिब चार घण्टापछि दिउँसोबाट सञ्चालनमा आएको थियो । तर त्यसको केही घण्टापछि पुन: बन्द भएको हो। 

प्रकाशित: १२ श्रावण २०८३ १५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App