१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

आजदेखि वीरगञ्जमा वडा कार्यालयबाट मालपोत कर तिर्न सकिने

अब वीरगञ्जवासीले वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्न सक्ने भएका छन्। वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई मालपोत कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्ने व्यवस्था लागू गरेको छ।

आज (सोमबार)देखि महानगरपालिकाका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर सङ्लन गर्न सक्ने व्यवस्था मिलाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत बोहराले कर सङ्लनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरपालिकाका सबै वडा कार्यालयलाई निर्देशन दिइसकेको पनि बताए। महानगरपालिकाले सूचना पनि जारी गरी नगरवासीलाई सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउनसमेत आग्रह गरेको छ।

नगरवासीलाई सेवा लिन अनावश्यक झन्झट नहोस् र आफ्नै वडा कार्यालयबाट सहज रूपमा सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले वडा तहबाटै मालपोत कर सङ्लन गर्ने व्यवस्था गरिएको र यो व्यवस्था प्रभावकारी हुने महानगरको भनाइ छ। रासस

प्रकाशित: १२ आश्विन २०८३ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App