११ श्रावण २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोनाका कारण धमाधम सरकारी कार्यालय बन्द

कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएकोबारे विज्ञप्ती। तस्विरः नागरिक

वीरेन्द्रनगरस्थित मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरक्त कर्मचारीहरुमा कोरोना संक्रमण देखिन थालेपछि सोमवारदेखी कार्यालय बन्द हुने भएका छन्। जिल्ला मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय दैलेखले जारी गरेको विज्ञप्तीमा कार्यालयका सम्पुर्ण काम २१ गतेसम्म बन्द हुने उल्लेख छ।  

 मालपोत कार्यालय सुर्खेतमा ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र अन्य कर्मचारीहरुमा कन्टयाक्ट ट्रशिङमा परेको भन्दै सेवाग्राहीसंग प्रत्यक्ष जोडिएर गरिने भएकाले सेवा बन्द हुने कार्यालय प्रमुख जनक बहादुर हमालले विज्ञप्तीमा उल्लेख गरेका छन्। सम्पूर्ण सेवा बन्द गरिने भए पनि अदालत, प्रहरी र प्रशासनसंग सम्वन्धीत जारी रहने मालपोत कार्यालय सुर्खेतका प्रमुख हमालले बताए।  

 त्यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विज्ञप्ती जारी गरेर कार्यालयमा कार्यरक्त ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र अन्य कर्मचारीहरुमा लक्षण देखिएकाले सोमवारदेखी २१ गतेसम्म सेवा बन्द हुने उल्लेख छ । प्रशासनले सवै सेवा रोकिएपनि मुद्दा, विपद् व्यवस्थापन र शान्ति सुरक्षाका कार्यहरु भईरहने जनाईएको छ।  

 

प्रकाशित: १६ माघ २०७८ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App