१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा १२८३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २ सय ८३ जनामा कोरोना संक्रमण भएको छ। १ हजार ४ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ४६ र ९ सय ८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ३ सय ६७, सुनसरीमा २ सय ४२, झापामा १ सय ६८, धनकुटामा ७, उदयपुरमा ६, इलाममा ४, खोटाङमा ३, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा २ सय ७६, बेलबारीमा ३६, सुन्दरहरैँचामा १४, बुढीगंगामा १०, कटहरी,  उर्लाबारी र स्थानीय तह नखुलेका ५–५, ग्रामथान र पथरीशनिश्चरेमा ४–४, कानेपोखरीमा ३, रतुवामाईमा २, धनपालथान, जहदा र रंगेलीमा १–१, सुनसरीको धरानमा १ सय २१, इटहरीमा ७६, रामधुनीमा ९, इनरुवा र बराहक्षेत्रमा ७–७, दुहबी, हरिनगर र स्थानीय तह नखुलेका ४–४, गढीमा ३, भोक्राहानरसिंह, बर्जु र कोसी गाउँपालिकामा २–२, देवानगञ्जमा १ जनामा संक्रण देखिएको छ।

त्यसैगरी, झापाको दमकमा ३७, विर्तामोडमा ३१, भद्रपुरमा २४, कनकाईमा २०, मेचीनगरमा १७, शिवसताक्षीमा १५, अर्जुनधारामा ६, गौरादह, हल्दिबारी र स्थानीय तह नखुलेका ४–४, कचनकवल र बुद्धशान्तिमा २–२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौबिसे र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ४, बेलका र उदयपुरगढीमा १–१, इलामको इलाम नगरपालिकामा २, सूर्योदय र चुलाचुलीमा १–१, खोटाङको खोटेहाङ, दिक्तेल रुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ, तेह्रथुमको म्याङ्लुङ, संखुवासभाको मादी र भोजपुरको भोजपुर नगरपालिका १–१ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा सोमबार २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ७ महिला र १ सय ३६ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ पुरुष र एक महिला छन्। सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ५४ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १० माघ २०७८ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App