२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सिरिन्ज अभाव भएपछि खोप अभियान स्थगित

सिरिन्ज अभाव भएपछि कपिलवस्तुमा कोभिड १९ को दोस्रो मात्रा खोप अभियान स्थगित भएको छ। जिल्लाको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाउँपालिकामा खोप तथा सिरिन्ज अभावको कारण खोप अभियान स्थगित भएको हो।

खोप सामग्री ढुवानीमा संलग्न कर्मचारीहरुनै कोभिड–१९ संक्रमित भई आइसोलेसनमा बस्नु परेको कारण अभियान प्रभावित भएको हो। केन्द्रीय स्टोरबाट प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा खोप तथा सिरिन्ज आपूर्तिमा ढिलाई भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए। खोप र सिरिन्ज समयमै प्राप्त हुने प्रतिबद्धता अनुरुप खोप अभियान सञ्चालन गर्ने उनले बताए।

‘कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन सबै क्षेत्रबाट माग भईरहँदा खोप तथा सिरिन्ज अभाव भयो तर हामी यसको व्यवस्थापन एक साता भित्रै गर्ने छौं’, उनले भने। जिल्लामा ४ लाख १० हजार १ सय ५७ जनाले एक मात्रा खोप प्राप्त गरेको र २ लाख ५१ हजार ८ सय ३९ जनाले पूर्ण मात्रामा खोप प्राप्त गरीसकेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन उमेश घिमिरेले बताए।

जिल्लामा हालसम्म १ सय ५५ कोभिड १९ का संक्रमित रहेका छन्।

प्रकाशित: ८ माघ २०७८ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App