७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोनाका कारण ज्यान गुमाएका परिवारलाई चाँगुनारायणले आर्थिक सहयोग गर्ने

भक्तपुरको चाँगुनारायण नगरपालिकाले कोरोना(कोभिड १९ ) को कारण ज्यान गएकाका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

नगरपालिकाको नवौं सभाले सो निर्णय गरेको थियो। निर्णय अनुसार नगरपालिकाले आर्थिक सहयोग गर्न सुरु गरेको नगरप्रमुख सोम मिश्रले बताए। ‘हामीले कार्यविधि बनाएर केही नगरबासीलाई यो सुविधा दिन थालेका छौं’, उनले भने, ‘यसले नगरबासीले राहतको महसुस गरेका छन्।'

उनले आर्थिक सहयोग अन्तर्गत प्रतिव्यक्ति २५ हजार रुपैयाँ सहयोग गर्न थालिएको बताए। सो सहयोग पाउनका लागि कोरोनाको कारणले मृत्यु भएको भनी अस्पतालले दिएको सर्टिफिकेट, मृत्युदताको प्रमाणपत्र, हकदार र मृतकसँगको नाता प्रमाणित र हकदारको नागरिकताको प्रतिलिपिलगायतका कागजात आवश्यक रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको वडा नं. ३ झौखेलले सो सुविधा लिनका लागि सूचना जारी गरेको वडाध्यक्ष श्यामसुन्दर धिमालले बताए।

प्रकाशित: ३० पुस २०७८ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App