१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन

मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको छ। स्वास्थ्य केन्द्रमा एक जना मेडिकल अधिकृत र एक जना स्टाफ नर्सको दरबन्दी भए पदपूर्ति हुन सकेको छैन।

जिल्लाका तीनवटा स्थानीय तह पञ्चेश्वर र शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाको रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयले स्वास्थ्य उपचार पाउन सकेका छैनन्।

नगरपालिकाले करारमा भर्ना गरेका डाक्टरको करार अवधि सकिएपछि पछिल्लो तीन महिनायता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए।

चिकित्सक नहुँदा उपचारको लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने विभिन्न सेवा अवरुद्ध भएका छन्। इसिजी, अल्ट्रासाउण्ड लगायतका सेवाहरु अवरुद्ध भएका केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए। स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा शव पोष्टमार्टम गर्नका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेको छ। निरोगिताका प्रमाणपत्र लगायत अन्य कामका लागि समेत सदरमुकाम धाउनुपर्ने अवस्था रहेको स्थानीय श्रवण ठगुन्नाले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमाको सूचीकृत संस्था पनि हो। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अफिसर, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा लगायतका सेवाहरु हुनु पर्ने हुन्छ। तर यी सबै सेवा दिने जनशक्ति नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन्।

प्रकाशित: १० पुस २०७८ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App