१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा हट्यो निषेधाज्ञा : विद्यालय सञ्चालन गर्न सकिने

ताप्लेजुङ प्रशासन कार्यालयले बुधबारबाट लागू हुने गरी निषेधाज्ञा हटाएको छ। मंगलबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।

जिल्लाभर सक्रिय कोरोना संक्रमितको संख्या २ सय भन्दा कममा झरेको तथा दैनिक संक्रमित हुनेको दरमा कमी आउन थालेको आङ्कडाका आधारमा सो निर्णय गरिएको प्रशासन कार्यालयले जनाएको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले संक्रमणमुक्त हुनेको दर बढेको तथा दैनिक संक्रमित दरमा कमी आएकोले तत्कालका लागि निशेधाज्ञा थप नगर्ने निर्णय भएको बताए। निषेधाज्ञा हटेपनि मास्क र स्यानीटाइजरको प्रयोग, भौतिक दूरी कायम सहितका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भने अनिवार्य गरिएको प्रजिअ पाण्डेले बताए।

मंगलबार अपरान्ह सम्ममा ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १ सय ६७ मात्र रहेको छ। ताप्लेजुङमा गत बैशाख २० गतेदेखि निषेधाज्ञा लागेको थियो।  बैठकले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा २०७७ अनुसारका मापदण्ड तथा प्रकृया पूरा गरी कूल कक्षा संख्या वा विद्यार्थी संख्याको एक तिहाइ संख्याको उपस्थितिमा आलोपालो वा सिफ्ट गराइ कक्षा सञ्चालन गर्न सक्ने निर्णय समेत गरेको छ। अब जोखिम मूल्याङ्कनका आधारमा कुनै पनि पालिकाले कुनै गाउँ/टोल/वडा वा पूरै पालिकाभरी लकडाउन गर्नुपर्ने देखिएमा लकडाउन कार्यान्वयका लागि जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति समक्ष सिफारिस गर्नुपर्ने छ।

बैठकले गत असार मसान्तपछि कोभिड–१९ संक्रमण तथा व्यवस्थापनका लागि भएको एम्बुलेन्स भाडा वापतको २७ हजार, ब्लाङ्केट बापतको १९ हजार र काबेली हेल्थडेस्कमा खटिने जनशक्तिको खाना र खाजा खर्च बापतको ७४ हजार रुपैयाँलाई अनुमोदन गरेको छ। 

प्रकाशित: १५ भाद्र २०७८ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App