७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा १ हजार १ सय ८० जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ। २ हजार १ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७८ र १ हजार ७सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २सय ६६, मोरङमा १ सय ८८, सुनसरीमा १ सय ७३, धनकुटामा १२, उदयपुर र तेर्‍हथुममा ५–५, इलाममा ४, भोजपुरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ। झापाको दमकमा ७४, विर्तामोडमा ५७, भद्रपुरमा ३९, मेचीनगरमा २४, कनकाईमा १७, अर्जुनधारामा १४, शिवसताक्षीमा १३, बार्‍हदशीमा ११, बुद्धशान्तिमा ६, कमल गाउँपालिकामा ५, हल्दिबारीमा ४, गौरादहमा २ जनामा कोरोना संक्रमण देखिएको छ।

मोरङको लेटाङमा ५०, विराटनगरमा ४१, बेलबारीमा ३९, केराबारीमा २९, सुन्दरहरैचामा ९, उर्लाबारीमा ५, बुढीगंगा, ग्रामथान, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका २–२, कटहरी, मिक्लाजुङ, रतुवामाई, रंगेली, कानेपोखरी, धनपालथान र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ।  

सुनसरीको धरानमा १सय १७, इटहरीमा ४४, रामधुनीमा ५, बराहक्षेत्रमा ३, इनरुवामा २, देवानगञ्ज र बर्जुमा १–१ जनामा कोरोना संक्रमण देखिएको छ।  धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा ४, शहिदभूमी, छथर र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण देखिएको छ। उदयपुरको त्रियुगा र उदयपुरगढीमा २–२, चौदण्डीगढीमा १, तेर्‍हथुमको म्याङलुङमा ३, आठराई र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण देखिएको छ। 

भोजपुरको भोजपुर नगरपालिका, षडानन्द र अरुणमा १–१, ताप्लेजुङ र ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा बुधबार  २ सय १ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय महिला र १ सय १ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: १३ श्रावण २०७८ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App