२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

होर्मुज बन्दको घोषणापछि तेलको मूल्य फेरि बढ्यो

संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो तनावको असर विश्वव्यापी तेल बजारमा पर्न थालेको छ। इरानले होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेपछि बिहीबार कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ।

ब्रेन्ट क्रुड २.५ प्रतिशतले बढेर प्रति ब्यारेल ९५.४० डलर पुगेको छ भने अमेरिकी डब्लुटीआइ क्रुड २.९ प्रतिशतले बढेर ९२.६३ डलर प्रति ब्यारेलमा कारोबार भएको छ।

इरानको संयुक्त सैन्य कमान्डले पछिल्लो अमेरिकी आक्रमणपछि होर्मुजको जलमार्ग तेल ट्याङ्कर र व्यावसायिक जहाजहरूका लागि बन्द गरिएको दाबी गरेको छ र त्यहाँबाट जान खोज्ने जहाजहरू विरुद्ध कारबाही गर्न सकिने चेतावनी दिएको छ।

प्रकाशित: २८ जेष्ठ २०८३ ०८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App