नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोभिड–१९ को महामारीका बेला जोखिम मोलेर समाचार संकलन एबं सम्प्रेषण गरिरहेका जिल्लाका पत्रकारलाई १ हजार ३ सय थान मास्क, २६ पिस सेनिटाइजर र २६ थान फेसशिल्ड प्रदान गरेको हो।
आइतबार रेडक्रसको कार्यालयमा रेडक्रस सभापति कुमारसिं बस्नेत र मन्त्री छत्र बजिमयले नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। फ्रन्टलाइनमा बसेर काम गर्ने पत्रकारको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री प्रदान गरिएको रेडक्रसका सभापति बस्नेतले बताए।
रेडक्रसले नेपाल पत्रकार महासंघ शाखाका साधारण सदस्य संख्यालाई आधारमा मानेर ५० थान सर्जिकल मास्क, एक/एक पिस फेसशिल्ड र एक/एक पिस ह्याण्ड सेनिटाइजर प्रदान गरेको हो। कतिपय पत्रकारले रेडक्रसमै पुगेर स्वास्थ्य सामग्री बुझेका छन्। बाँकी पत्रकारलाई आवश्यकताको आधारमा स्वास्थ्य सामग्री उपलव्ध गराइने नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष खत्रीले बताए।
प्रकाशित: १० श्रावण २०७८ १२:५४ आइतबार





