७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ७ सय १ संक्रमित थपिए

प्रदेश १ मा शनिबार ७ सय १जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २ सय ६, झापामा २सय ५, सुनसरीमा १सय २१, धनकुटामा ५५, संखुवासभामा ४०, खोटाङमा १३, इलाममा ८, उदयपुरमा ५, पाँचथर र भोजपुरमा ३–३, ते¥हथुममा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ।

मोरङको  विराटनगरमा १ सय ४५, सुन्दरहरैचामा २५, कटहरीमा ११, बुढीगंगामा १०, बेलबारीमा ४, मिक्लाजुङ र ग्रामथानमा २–२, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, उर्लाबारी र स्थानीय तह नखुलेका १–१ जना कोरोना संक्रमित थपिएका छन्। झापाको दमकमा ५८, विर्तामोडमा ३९, भद्रपुरमा २३, अर्जुनधारामा २१, शिवसताक्षीमा ११, कनकाईमा १५, मेचीनगरमा १२, बुद्धशान्तिमा ८, बा¥हदशीमा७, गौरीगञ्ज र कमलगाउँपालिकामा ३–३, कचनकवल र स्थानीय तह नखुलेका २–२ जना थपिएका छन् ।  गौरादहमा १ , सुनसरीको धरानमा ५३, इटहरीमा ४३, दुहवीमा ६, बर्जुमा ५, इनरुवा र बराहक्षेत्रमा ४–४, रामधुनीमा ३, गढी र स्थानीय तह नखुलेका२–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरि धनकुटाको शहिदभूमीमा २०, धनकुटा नगरपालिकामा १९, महालक्ष्मीमा ८, पाख्रिवासमा ५, छथरमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको पाँचखपनमा २०, खाँदबारीमा १३, धर्मदेवीमा ४, सिलिचोङ, मकालु र सभापोखरीमा १–१ जना थपिएका छन्। खोटाङको खोटेहाङमा १२ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, माई, सुर्योदय, माङ्सेवुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ३, स्थानीय तह नखुलेका २ जना संक्रमित थपिएका छन्।  पाँचथरको फिदिममा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३, ते¥हथुमको लालीगुराँसमा २, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६ हजार ३ सय ७७पुगेको छ। सक्रिय संक्रमितको संख्या १९हजार ९ सय ८७पुगेको छ। प्रदेश १ मा शनिबार १ हजार ८ सय ७४जनाको पीसीआर परीक्षण गरिएको छ।

यस्तै प्रदेश १ मा शनिबार ९ सय ९५जना संक्रमणमुक्त भएका छन्। मोरङबाट सबैभन्दा बढी ३ सय ४६जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: १५ जेष्ठ २०७८ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App