१३ वैशाख २०८३ आइतबार
image/svg+xml
स्वास्थ्य

वैशाखमा मात्र कोरोनाबाट एक हजार ६०८ जनाकाे मृत्यु

वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन्। वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २०३ ले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। वैशाख १ गते तीन सङ्क्रमितको मृत्यु भएको थियो। वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो।

प्रकाशित: ३१ वैशाख २०७८ १४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App