१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

विश्वस्तरीय अस्पतालको लाचारी : कोभिड १९ का जटिल बिरामीलाई भर्ना लिन अस्पताल असमर्थ

विश्वस्तरीय संरचनाका रुपमा स्थापित दाबी गर्ने नेपाल मेडिसिटी अस्पतालले पनि कोभिड १९ संक्रमितका जटिल स्थितिका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ भएको जनाएको छ।

अस्पतालले अहिलेको विषम परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभावलगायत अन्य समस्याका कारण अस्पताल असमर्थ भएको जनाएको हो।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राज राणाले अस्पतालका लागि प्रत्येक दिन ४ सयदेखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने जानकारी भएसँगै सो कोटाको अक्सिजनले मात्र उपचार गर्न सम्भव नहुने बताए। उनले अहिले पनि अस्पतालले अक्सिजन अभाव खेपिरहेको जानकारी दिँदै हाल १ सय जनाभन्दा बढी नन्कोभिड बिरामी र १२० जनाभन्दा बढी कोभिडका बिरामीको उपचार भइरहेको बताए।

देशभरकै ठूलो अस्पताल भएर पनि अक्सिजन अभावको सिकारमा आफूहरु परेको अस्पतालले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७८ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App