७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

वीपी प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा तीनजना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।  

कोभिड १९ अस्पतालमा उपचाररत सुनसरीको धरान, सिराहाको गोलबजार र मोरङको मिक्लाजुङका संक्रमितको निधन भएको प्रतिष्ठानले जानकारी दिएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार गोलबजार ६ सिराहाका २९ बर्षीय युवाको बिहान सवा ११ बजे निधन भएको थियो। नोबेल मेडिकल कलेजबाट रिफर भई आएका उनलाई बैशाख १२ गते संक्रमण भएको थियो। सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए।  

यस्तै, आज दिउँसो १ बजेर ५ मिनेटमा मिक्लाजुङ २ मोरङका कोरोना संक्रमित ७५ बर्षीय वृद्धको पनि निधन भएको प्रतिष्ठानले जनाएको छ। उनी हिजो बुधबार मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए। उनको पीसीआर रिपोर्ट मृत्यु भइसकेपछि मात्र पोजेटिभ आएको थियो।

कोरोनाको लक्षण देखिएपछि उनलाई कोभिड अस्पतालमा शंकास्पद बिरामी राखिने बेडमा राखेर उपचार गरिएको थियो।

यस्तै, धरानको वडा नं ३ की ५३ वर्षीय संक्रमित महिलाको पनि आज दिउँसो निधन भएको थियो। प्रतिष्ठानका सहप्रवक्ता पोखरेलका अनुसार उनको दिउँसो १ बजेर ३८ मिनेटमा निधन भएको थियो। दुई दिनअघि बैशाख २१ गते संक्रमण पुष्टि भएपछि उनलाई आज बिहीबार बिहान कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जानकारी दिएको छ। तीनै जना मृतकको शवलाई नियमअनुसार व्यवस्थापन गरिएको पनि प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७८ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App