१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा थपिए २ सय ७० जना संक्रमित

प्रदेश १ मा बिहीबार २ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ४६ महिला र ६० पुरुषसहित १ सय ६ जना, सुन्दरहरैँचामा १०, बेलबारी र कटहरीमा ४–४, उर्लाबारी र धनपालनथानमा ३–३, जहदामा २, केराबारीमा १ र स्थानीय तह नखुलेका २, झापाको विर्तामोडमा १७, मेचीनगरमा १०, दमकमा ८, भद्रपुरमा ५, गौरीगञ्जमा ४, शिवसताक्षी र अर्जुनधारामा २–२, हल्दिबारी, कनकाई र बाह्रदशीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा २३, इटहरीमा १२, इनरुवामा ८, रामधुनी र बराहक्षेत्रमा ३–३, गढी, कोसी, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ३, फाकफोकथुममा २, देउमाई र सूर्योदयमा १–१, ताप्लेजुङको फुङ्लिङमा ३, मिक्वाखोलामा २, धनकुटामा २, उदयपुरको त्रियुगामा १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ३ सय ६० पुगेको छ। संक्रमित भएकामध्ये ३० हजार १५ संक्रमण मुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ५५ पुगेको छ । प्रदेशमा  बिहीबार ७ सय ६६ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १ सय २५ महिला र १ सय ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७८ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App