२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा २४ घण्टाभित्र ७ संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापन गरिँदै । तस्बिर : नागरिक

बाँकेमा पछिल्लो २४ घण्टाभित्र ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भेरी अस्पताल र होम आइसोलेसनमा मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५० वर्षीया महिलाको उपचारका क्रममा सोमबार अपरान्ह ४ बजेतिर मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी उनलाई आइतबार कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि सोमबार अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ ।  

यस्तै खजुरा गाउँपालिका वडा नम्बर २ निवासी ८८ वर्षीय पुरुषको होम आइसोलेसनमा बसिरहेका बेला मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा बैशाख ४ गते भर्ना भएका उनको पिसिआर परीक्षण गराउँदा ५ गते कोरोना पोजेटिभ देखिएको थियो । आफन्तले आइतबार घरमा लगेर होम आइसोलेसनमा राखेकोमा सोमबार अपरान्ह ४ बजेतिर मृत्यु भएको हो ।

यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्रि–आइसोलेसनमा नेपालगन्ज–४ निवासी ५५ वर्षीया महिलाको मृत्यु भएको छ । आइतबार अस्पतालको प्रि–आइसोलेसनमा भर्ना भएकी उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वास सम्बन्धी समस्या भएकाले स्वास्थ्यमा सुधार नआएपछि सोमबार दिउँसो साढे २ बजेतिर अस्पतालमा मृत्यु भएको केन्द्रले जनाएको छ ।  

त्यस्तै भेरी अस्पतालमा मंगलबार नै ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बर्दिया, बढैयाताल गाउँपालिका वडा नम्बर ८ निवासी उनलाई नेपालगन्ज मेडिकल कलेजमा आइतबार कोरोना पोजेटिभ देखिएको थियो । मेडिकल कलेजमै भर्ना भएका उनलाई थप उपचारका लागि भेरी अस्पताल ल्याई पुर्याए लगत्तै मध्यान्ह १२ बजेतिर मृत्यु भएको हो ।  

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमै ४५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ निवासी उनलाई शनिबार कोरोना पोजेटिभ देखिएको थियो । उनी आइतबार अस्पताल भर्ना भएकोमा सोमबार बिहान ७ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले बताए । मेडिकल कलेजमै उपचाररत खजुरा गाउँपालिका वडा नम्बर ८ निवासी ५२ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ भएपछि बैशाख ११ गते भर्ना भएकी उनको मेडिकल कलेजमा मृत्यु भएको हो ।  

त्यस्तै नेपालगन्ज मेडिकल कलेजमा दाङ, बबई गाउँपालिका वडा नम्बर ४ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको छ । ति महिलाको आइतबार बेलुकी साढे ६ बजेतिर मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजमा आइतबार पिसिआर जाँच पोजेटिभ आएपछि सोही दिन भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि उनको अस्पतालमै मृत्यु भएको केन्द्रले जनाएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने बाँकेको संख्या ९० र बाहिरी जिल्लाको मृतक संख्या १ सय ५ पुगेको केन्द्रले जनाएको छ ।

प्रकाशित: १३ वैशाख २०७८ १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App