coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

ट्रान्जिट हवाई यात्रुको कोरोना परीक्षणमा रोक

नेपाललाई ट्रान्जिट बनाएर वा पिसिआर परीक्षण गर्न मात्रै नेपाल आउने विदेशी नागरिकको पिसिआर परीक्षणमा रोक लगाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालालाई निर्देशन दिएको हो।

मन्त्रालयद्वारा जारी सूचनामा नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकको परीक्षण नगराउन निर्देशन गरिएको छ।

यसरी परीक्षण गर्न आएकाबाट संक्रमण जोखिम बढ्ने मन्त्रालयको ठहर छ। त्यस्ता मानिसको कुनै प्रयोगशालाले परीक्षण गरेमा नियम अनुसार कारवाही गरिनेसमेत निर्देशनमा उल्लेख छ। त्यस्तै, कोभिड १९ को परीक्षण गर्दा नेपाली नागरिक, कूटनीतिक निकाय, मिसनका कर्मचारी तथा उनीहरूको परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै कोरोना परीक्षण गर्न प्रयोगशालालाई भनिएको छ।

पछिल्लो समय भारतमा संक्रमण दर उच्च भएका कारण विभिन्न मुलुकहरूले हवाई सेवा बन्द गर्दा त्यहाँका मानिसहरू नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन्।  

प्रकाशित: १३ वैशाख २०७८ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App