८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

संक्रमितको उपचार गर्न पाएकोममा सन्तुष्ट छौ : डा. सागरराज भण्डारी

नागरिक नायकको रुपमा सम्मानित टेकु अस्पतालका चिकित्सकले  कोरोनाको कहरमा सर्वसाधरणलाई सेवा दिन पाएकोमा सन्तुष्टी मिलेको बताएका छन् । नेपाल रिपब्लिक मिडियाको वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा  अस्पतालका प्रमूख सागराज भण्डारी, उषा देवकोटा, किजन महर्जनले कोरोनाकालमा जिम्मेबार भएर संक्रमण विरुद्ध लडेको बताए ।  

‘कोरोनाबाट जोगिन अब  जीवनशैली परिवर्तन गर्नु पर्छ,’ निर्देशक डा. भण्डारी भने, ‘अब हामी कोरोनासंग आत्तिने हैन, त्यसबाट जोगिन आफ्ना व्यवहार परिवर्तन गर्नु जरुरी छ ।’    

सुरुको समयमा कोरोनाका कारण केही आत्तिएपनि अहिले अभ्यस्त हँुदै गएको उनले बताए । ‘यो एक जानाको हैन, समग्र टिमको सफलता हो,’ उनले भने, ‘अस्पतालसंगै सिंगो समाजले कोरोना विरुद्ध एक भएर अगाडी बढ्नु पर्ने अवस्था आएको छ ।’  

प्रकाशित: ११ वैशाख २०७८ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App