२३ फाल्गुन २०७७ आइतबार
स्वास्थ्य

सन्तुलित भोजन जापानी दीर्घायुको कारण

तानका काने मानवताकै सबैभन्दा अनौठी व्यक्ति बनेकीछन् । जनवरी २मा एक सय १८ वर्ष पुगेकी उनी विश्वकै तेस्रो दीर्घजीवी व्यक्ति हुन् । वृद्धावस्थाबारे अध्ययन गर्ने जेरेन्टोलोजी रिसर्च गु्रपका अनुसार उनी जापानमा सो उमेरमा पुग्ने पहिलो व्यक्ति हुन् । तर, उनी अन्तिम होइनन् । सरदर आयुका हिसाबले जापान विश्वमा अग्रपंक्तिमा आउँछ। जापानमा ८० हजार मानिस सयवर्ष माथिका छन् । तानका अर्को हिसाबले पनि फरक छिन् । उनी चकलेट तथा फिँज आउने पेयपदार्थ (फिजी ड्रिंक्स) मन पराउँछिन् । उनको यो बानी अरुको भन्दा फरक छ, किनभने जापान चिनीजन्य पदार्थ कम उपभोग गर्ने धनी राष्ट्र मानिन्छ ।

सन् २०६० सम्म ४० प्रतिशत जापानी ६० वर्ष माथिका हुनेछन् । त्यसको अर्थ जन्मदिन मनाउँदा एक सय १८ मैनबत्ती धेरै मात्रामा चाहिने छन्, तर ती मैनबत्ती निभाउने नाति–नातिनाको संख्या अत्यन्त कम हुनेछ ।

यो अस्वाभाविक हिसाबको दीर्घायुको कारक भोजन रहेकोछ । तर, त्यसो भन्दैमा पश्चिमा राष्ट्रले गर्ने जस्तो अनुपयुक्त भोजनलाई बेवास्ता गरेका कारण यसो भएको मान्नु साधारण तर्क मात्र हो । वास्तवमा पछिल्ला अध्ययनले के देखाएकाछन् भने यो सफलताको पछाडि पश्चिमा खानाको बानी समयसँगै जापानको झुकाव बढेको देखिन्छ ।दीर्घायुका लागि जापान सधैँ अग्रमोर्चामा थिएन । सन् १९७० सम्म उमेर अनुसारको मृत्युदरमा जापान धनी राष्ट्रको हाराहारीमै थियो । क्यान्सर र मुटु रोग तुलनात्मक रूपमा कम रहे पनि दिमागमा रगत पुग्न अवरोध हुँदा हुने सेरोब्रोभास्कुलर मृत्युदरमा जापान धनी राष्ट्रमा अग्रपंक्तिमै थियो ।

तर, सन् १९७० देखि १९९० सम्ममा जापानको सेरोब्रोभास्कुलर मृत्युदर धनी राष्ट्रको सरदरमाझ¥यो । मुटु रोग र हृदयाघातमा आएको कमीका कारण विश्वको दीर्घायुको क्लबमा जापान समावेश भयो । त्यसो भए, जापानले सेरोब्रोभास्कुलर समस्यालाई कसरी सम्बोधन गरयो त ? यसका लागि राम्रो उपचार र रक्तचापमा विश्वव्यापी रूपमा आएको कमीजस्ता कारण एक हिसाबले कारक रहेका कोपेनहेगन विश्वविद्यालयका थोमस ट्र्युलसेन मान्छन् । तर यसको अर्काे कारण भोजन हो। जापानले अधिकांशरूपमा बाह्र सय वर्षसम्म मासु खान बन्देज लगाएको थियो । 

जापानमा अहिले पनि मासु र दुग्धजन्य वस्तु तुलनात्मक रूपमा कम प्रयोग हुन्छ । यी दुवै खाद्यवस्तुको अत्यधिक उपभोग शरीरका लागि हानीकारक मानिन्छ । यी खाद्यवस्तुमा हुने स्याचुरेटेड फ्याट्री एसिडले मुटु रोग बढाउँछन् । प्रशोधित रातो मासुले पनि हृदयाघात बढ्ने अध्ययनले देखाएकाछन् । त्यसो भन्दैमा यस्ता पदार्थको उपभोग अत्यन्त कम मात्रामा गर्नुपर्छ भन्ने सत्य होइन, किनभने यस्ता खाद्यवस्तुले रगतका नसाका भित्तालाई चाहिने कोलेस्ट्रेरोल उपलब्ध गराउँछन् । बेलायतका ४८ हजार मानिसमा गरिएको एक अध्ययनले साकाहारीमा अस्वाभाविक रूपले मुटुरोग कम लाग्ने देखिए पनि हृदयाघातको जोखिममा उनीहरूपनि उत्तिकै रहेको देखिएकोछ । सिद्धान्ततः पशुजन्य खाद्यवस्तुको कमीका कारण जापानमा सेरोब्रोभास्कुलर मृत्युदर कमी भएको मान्न सकिन्छ । 

सन् १९६० देखि २०१३ सम्म जापानमा हृदयाघातबाट हुने मृत्युमागिरावट आयो भने वार्षिक मासुजन्य पदार्थको उपभोग प्रतिव्यक्ति शून्यबाट उक्लेर बाउन्न किलोग्राममा पुग्यो । यो स्तर अमेरिकाको तुलनामा ४५ प्रतिशत मात्र हो । टोक्योस्थित नेसनल क्यान्सर सेन्टरका सुगेन स्वाइचिराका अनुसार रगतका नसालाई सुदृढ पार्न मासु र डेरी उत्पादनको भूमिका महत्वपूर्ण हुन्छ, तर रक्तनलीनै जाम हुने हिसाबले यी खाद्य वस्तु उपभोग गर्न हँुदैन । केही अध्ययनले पनि उनको यो भनाइलाई पुष्टि गरेकाछन् । सन् १९९०मा प्रकाशित भएको एक अध्ययनले जापानका जुन भागमा भोजनको प्रकृतिमा परिवर्तन भएको थियो, त्यहाँ सेरोब्रोभास्कुलर मृत्यु पनि घटेको थियो । यस्तै सन् १९९५ देखि सुरु गरेर १५ वर्षसम्म गरिएको तथा ८० हजार जापानी नागरिक सहभागी रहेको एक–अर्काे अध्ययनले हृदयाघात अत्यधिक रूपमा कम चप्स (मासु) तथा क्रिम खानेलाई भएको थियो । 

तर, जापानको सेरोब्रोभास्कुल मृत्युदरमा कमी आउनुका अन्य कारण पनि मानिन्छन् र त्यसमा पोषणमा आएको परिवर्तन पनि एक हो । तर, जापानको स्वास्थ्यमा आएको सुधारको अर्काे विडम्बनापूर्ण पक्ष छ, त्यो हो जन्मदर अत्यन्त न्यून रहँदा यसको अर्थतन्त्रमा चुनौती थपिएकोछ । सन् २०६०सम्म ४० प्रतिशत जापानी ६० वर्ष माथिका हुनेछन् । त्यसको अर्थ जन्मदिन मनाउँदा ११८ मैनबत्ती धेरै मात्रामा चाहिनेछन् तर ती मैनबत्ती निभाउने नाति–नातिनाको संख्या अत्यन्त कम हुनेछ ।

साभार : इकोनोमिस्ट

प्रकाशित: ७ माघ २०७७ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App