८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सेवा विस्तार गर्दै कपिलवस्तु अस्पताल

सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालले सेवा विस्तार गर्दै ४ भेन्टिलेर, १० आईसियू बेडसहितका कक्ष संचालनको तयारी गरेको छ। २०२८ सालमा स्थापित तौलिहवा अस्पतालले अहिले भौतिक, मानवीय स्रोत, साधन र सेवामा फड्को मारेको छ। अस्पतालले बिशेषज्ञसहितका डाक्टररु बढाउँदै लगेको छ। अहिले अस्पतालमा २५ बढी डाक्टरहरु छन्। तौलिहवा अस्पतालको भौतिक र बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको छ।  

अस्पतालका क्लिनिकल कोडिनेटर डाक्टर गणेश क्षेत्रीले १० बेडको आईसियू संचालनको अन्तिम तयारीमा रहेको बताए। उनले अहिले अस्पतालमा ५०  बढी बेड संचालनमा रहेको बताए। ८ बिशेषज्ञ, २ डेन्टल सर्जन, ११ मेडिकल अधिकृत र १ जना एमडि रेजीडेन्ट लगायत गरी २५ जना डाक्टरहरु अस्पतालमा सेवाका लागि उपलब्ध छन्। नेत्र रोग, बाल रोगको बिशेषज्ञ सेवा समेत संचालनको तयारी गरिएको छ। प्रयोगशाला, एक्सरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने गरी बनाइएको छ।  

यस्तै अप्रेसन थिएटर ४ वटा संचालन गर्ने तयारी गरिएको छ। ब्लड बैक अन्ट्रासाउन्ड मेसिन २ वटा संचालन गरिने छ। सामाजिक सेवा इकाईहरु लैंगिक हिंसाविरुद्ध सेवा र नवजात शिशु स्याहार केन्द्र समेत संचालन गरिनेछ। आँखा फिजियो थेरापी, नाक, कान घाटी र डाईलासिस सेवा संचालन गर्ने तयारी रहेको मेडिलक सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए। हाईड्रोशील, हर्निया, ऐपेन्डीसाइटिस सेवा समेत यसअघि नै अस्पतालमा संचालन भईसकेको छ। १२ करोडको लागतमा डेढ वर्षदेखि अस्पताल आफ्नो भवनमा संचालनमा आएपछि कपिलवस्तु कै सुबिधासम्पन्न अस्पताल भएको मेसु बन्जाडेले बताए।  

हामीले अस्पतालको सेवा सुबिधा वृद्धिका लागि धेरै पलह गरका छौ’ बन्जाडेले भने, ‘अहिले अस्पतालको अवस्थामा धेरै सुधार आईसकेको छ, बिरामीहरुले यहीबाट थुप्र्रै सेवाहरु पाउने गरेका छन्’ उनले भने। महिला अधिकारकर्मी माधुरी श्रेष्ठले अहिले अस्पतालको अवस्थामा धेरै नै सुधार आएको बताइन्। ‘दरबन्दी भन्दा बढी डाक्टर छन्, सुबिधा सम्पन्न बनिरहेका छन्, मेसिन औजार पनि धमाधम आएका छन्’ उनले भनिन् ‘अब बिरामीहरुको उपचारमा निकै सजिलो हुन्छ।’  

कोरोना प्रयोगशाला संचालन हुँदै  

उता कपिलवस्तु नगरपालिका वडा नम्बर ३ कोलेनिकाको किनारमा रहेको तत्कालिन महिला तथा बालबालिका कार्यालयमा कोरोना प्रयोगशाला निर्माणको कार्य तीव्ररुपमा अघि बढेको छ। प्रयोगशाला निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको छ। यस्तै सांसद बृजेशकुमार गुप्ताले समेत प्रयोगशाला निर्माणका लागि संसदीय विकास कोषबाट रकम उपलब्ध गराएका छन्। प्रयोगशाला निर्माणका लागि स्थानीय उमा पौडेलले १ लाख रुपैयाँ दिएकी थिइन्। कुल १ करोड ३५ लाखमा कोरोना प्रयोगशाला निर्माणको काम भईरहेको छ। 

प्रयोगशाला निर्माणको लागि १० वटै पालिकाले ६ लाखको दरले रकम दिने निर्णय गरे पनि अझैसम्म कहिबाट रकम नआएको मेसु बन्जाडेले बताए। ‘प्रयोगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ, अब यस्को संचालनका लागि रकम आवश्यक छ’ उनले भने।

प्रकाशित: ६ माघ २०७७ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App