१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

अम्बा खानुका फाइदा

पायल्स रोगीलाई राहत दिन्छ हरेक बिहान खाली पेटमा अम्बा खानाले कब्जियतको समस्या कम हुन्छ। झाडापखाला रोक्छ अम्बा खानाले पेटमा भएको इन्फेक्सन र ब्याक्टेरिया नाश हुने भएकाले झाडापखाला लागेको बेला अम्बा खानाले लाभ मिल्छ। पाचन सुधार्छ अम्बामा भिटामिन–सी, केरोटेनोइड्स र पोटासिम पाइन्छ, जसले पाचन प्रणालीलाई बलियो बनाउँछ। आँखा तेजिलो बनाउँछ अम्बामा पाइने भिटामिन–एले आँखा तेजिलो बनाउँछ। 

साथै रतन्धो लाग्नबाट समेत जोगाउँछ। दिमाग तेज बनाउँछ अम्बामा पाइने भिटामिन–बी ३ र भिटममिन–बी ६ले दिमागमा रक्तसञ्चार बलियो बनाउँछ, जसले गर्दा दिमाग स्वस्थ र तेज बन्छ। थाइराइडबाट जोगाउँछ अम्बामा कपर पाइन्छ, जसले थाइराइड प्रणालीलाई सन्तुलनमा राखी थाइराइडबाट निस्किने रसायनको घटबढबाट हुने रोग लाग्ने जोखिम कम गर्छ। मधुमेहमा लाभकारी अम्बामा मधुमेहका रोगीका लागि लाभदायक हुने किसिमको फाइबर पाइन्छ। कब्जियत नास गर्छ अम्बामा फाइबर बढी पाइने भएकाले यसले कब्जियतको समस्या कम गर्न मद्दत गर्छ। 

स्नायुलाई आराम दिलाउँछ अम्बामा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ। अम्बामा पाइने म्याग्नेसियमले मांसपेसी र स्नायु दुवैलाई आराम दिलाउँछ। गर्भवतीका लागि हितकारी अम्बामा  फोलिक एसिड, भिटामिन–बी ९ पाइने भएकाले गर्भवती महिलाले अम्बा खाने गरेमा गर्भमा रहेको बच्चाको स्नायु प्रणाली कमजोर हुन पाउँदैन। प्रजनन क्षमता बढाउँछ अम्बामा फोलेट नामक तŒव पाइन्छ, जुन खानाले महिला र पुरुष दुवैको प्रजनन क्षमता बढ्छ। रोगप्रतिरोधी क्षमता बढाउँछ अम्बामा पाइने भिटामिन–सीले शरीरमा एन्टिअक्सिडेन्टको मात्रा बढाउँछ। जसले गर्दा शरीरका विकार दिसा पिसाब, पसिना आदिको माध्यमबाट बाहिर निस्किन्छ।

प्रकाशित: ७ पुस २०७७ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App