१ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य कार्यालय र अस्पतालमा फैलिँदै कोरोना

इलाम अस्पताल । तस्बिर : भीम/नागरिक

इलामस्थित स्वास्थ्य कार्यालय र सँगै रहेको इलाम अस्पतालमा कोरोना फैलिएको छ। आइतबार एकै दिन स्वास्थ्य कार्यालयसँग सम्बन्धित ३ जना र अस्पतालका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।  

गत २५ गते पठाइएको स्वाब नमुनाको रिपोर्ट पोजिटिभ आएको कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका २ कर्मचारी, एक कर्मचारीकी पत्नी तथा अस्पतालका कर्मचारीमा आइतबार कोरोना पोजिटिभ देखिएको कार्यालयका कोभिड–१९ फोकल पर्सन कुलबहादुर पौडेलले बताए। स्वास्थ्य कार्यालयका सहयोगीकी छोरी, उनकै एक साथी र इलाम अस्पतालका कर्मचारीका छोरामा शनिबार कोरोना पुष्टि भएको थियो। चुलाचुली गाउँपालिकाका एक स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो। ती कर्मचारी सदरमुकामकै स्वास्थ्य कार्यालय आएर फर्केका थिए।

कतारबाट आएर माइजोगमाई गाउँपालिकाको क्वारेन्टिनमा रहेका युवकमा पनि आइतबार कोरोना पुष्टि भएको छ। शनिबार इलाम सदरमुकामको एक्सेल डेभलपमेन्ट बैंकका कर्मचारी र अर्का एक सर्वसाधारणमा पनि कोरोना पुष्टि भएको थियो। सूर्याेदय नगरपालिका १०, डाँडागाउँकी ५ वर्षीया बालिकाको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गरी घर ल्याउँदै गर्दा शनिबार निधन भएको थियो। योसँगै इलाममा कोरोना पुष्टि हुनेको संख्या १ सय ८ पुगेको छ। यीमध्ये ९४ जना उपचारपछि घर फर्केका छन्।

प्रकाशित: २ कार्तिक २०७७ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App