coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

संक्रमितलाई हुड बाइप्याप भेन्टिलेटर लाभदायी

कोरोनाका सिकिस्त बिरामीलाई परम्परागत भेन्टिलेटरभन्दा हुड बाइप्याप बढी लाभदायक देखिएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड–१९ का बिरामीको उपचार यही विधिबाट गरिरहेको छ। तीन साताअघि अस्पतालले १० वटा हुड बाइप्याप ल्याएको थियो। सो विधि बिरामीको फोक्सोमा पाइप जडान नगरी कृत्रिम श्वास दिने प्रक्रिया हो। यो बिरामीको टाउकोमा क्याप जस्तै गरी जडान गरिन्छ र त्यो क्यापभित्र उच्च चापमा अक्सिजन बगी त्यो अक्सिजन फोक्सोभित्र जान्छ। सो हुडको प्रयोगले परम्परागत भेन्टिलेटरकै काम गर्छ र कम हानिकारक पनि छ।  

हालसम्म ११ जनामा यो प्रविधिबाट उपचार गरिसकेको अस्पतालका कोभिड–१९ संयोजक डा. विमल पाण्डेले बताए। यो विधिबाट उपचार गर्दा श्वास–प्रश्वासका सिकिस्त बिरामीले सजिलो अनुभव गरेको र छिटो सामान्य अवस्थामा फर्केको डा. पाण्डेले बताए। यो प्रविधि श्वास–प्रश्वासमा जटिल समस्या आएका र भेन्टिलेटर जडान गर्नुपर्ने अवस्थाका बिरामीका लागि प्रयोग गरिन्छ। यो हुड प्रयोग गर्दा बिरामीलाई अन्य संक्रमण हुने तथा मुखबाट फोक्सोसम्म पाइप पु¥याउने झन्झट नुहने भएकाले बिरामीले हुड खोलेर खाना खान र बोल्नसमेत सक्छन्। यो प्रविधि यसअघि फोक्सोकै जटिल समस्या भएका बिरामीमा प्रयोग गरिएको भए पनि कोभिड–१९ का बिरामीमा प्रयोग गर्ने उद्देश्यले हालै किनेर ल्याएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए। हुड बाइप्यापमा बिरामीको पूरै टाउकोभित्र हुने भएकाले अरूलाई भाइरस संक्रमणको जोखिमसमेत नहुने चिकित्सकहरू बताउँछन्। पाटनसहित उपत्यकामा अन्य सीमित अस्पतालमा यो प्रविधि प्रयोग भइरहेको छ।

प्रकाशित: ३० भाद्र २०७७ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App