७ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सबै स्थानीय तहमा ५ शय्याको अस्पताल

स्वास्थ्य मन्त्रालयले सबै स्थानीय तहमा ५ शय्याको अस्पताल तुरुन्तै सञ्चालन ल्याउने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरीय निर्णय गर्दै सबै स्थानीय तहका स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरूमा ५ शय्याको अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् । मन्त्रालयले त्यसका लागि आवश्यक बजेट ६४ करोड पनि आजै निकासा गरेको छ । 

स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा सञ्चान हुने अस्पतालका लागि एक एमबीबीएस चिकित्सक र दुई जना नर्स मन्त्रालयले पठाइदिने र अन्य आवश्यक पर्ने कर्मचारी स्थानीय तहबाटै व्यवस्था गर्नै समेत निर्णय गरेको हो ।

प्रकाशित: १२ भाद्र २०७७ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App