२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

बंगलादेशबाट ५ हजार भाइल ‘रेमडेसिभिएर’ प्रदान

कोभिड–१९ का विरामीलाई उपचारमा प्रयोग गरिने औषधी ‘रेमडेसिभिएर’ ५ हजार भाईल शुक्रबार साँझ बंगलादेशबाट नेपाल आइपुग्ने भएको छ । बिहिबार बंगलादेश सरकारले नेपाल सरकारलाई ५ हजार भाईल ‘रेमडेसिभिएर’ हस्तान्तरण गरेपछि सो औषधी शुक्रबार साँझसम्म नेपाल ल्याएर गम्भीर प्रकृतिका विरामीलाई प्रयोग गरिनेछ । बंगलादेशका लागि नेपाली राजदूत डां वंशीधर मिश्रले बंगलादेश सरकारले सो औषधि नेपाल सरकारलाई दिएको बताए । 

उनले बिहिबार सो औषधि प्राप्त गरेपछि नेपालको भन्सार प्रकृया मिलाउन सरकारलाई आग्रह गरेका थिए । भन्सार विभागले शुक्रबार विहानसम्ममा सबै प्रकृया पूरा गर्ने जानकारी बंगलादेशस्थित नेपाली राजदूतलाई जानकारी गराएको छ । ‘बंगलादेश सरकरको आग्रहमा यहाँ विभिन्न कम्पनीहरूले नेपाल सरकारलाई यो औषधि उपलब्ध गराएका हुन् उनीहरूले करिब ३ करोड बराबरको औषधि दिएका छन् नेपालका ५ सय विरामीलाई यो औषधि प्रयोग गर्न सकिन्छ’, वंगलादेशस्थित नेपाली राजदूत डा. मिश्रले भने । 

उनका अनुसार एक जना विरामीलाई ११ भाइल प्रयोग गर्नुपर्छ । नेपालमा अहिले पनि योऔषधि भारतबाट कालोबजारी भैरहेको छ । स्वास्थ्य मन्त्रालयले राजदूतावासलाई २ हजार भाइल मागिदिन अनुरोध गर्दै पत्रचार गरेको भएपनि राजदूत डा.मिश्रको पहलमा अरु ३ हजार भाइल पहल गरेर ५ हजार भाइल प्राप्त भएको हो । 

‘औषधी उत्पादनमा विश्वभर नै विश्सनीय र टपटेनमा पर्ने कम्पनीले नेपाल सरकारलाई औषधि दिएको हो त्यो कम्पनीले ६० लाख पिपीई अमेरिकालाई बेचेको थियो’, राजदूत मिश्रले भने । एक भाइलको ३० देखि ४० हजार सम्म कालोबजारी भएपछि सरकारले भारतीय कम्पनीहरुबाट औषधि ल्याउन नीजि कम्पनीहरुलाई अनुमति दिएको छ । तर वंगलादेशबाट भने कुनै कम्पनीहरुले पनि नेपालमा औषधि ल्याउने अनुमति पाएका छैनन ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत डा। रामप्राप साहले आफ्नो उपचारका लागि नेपालमा नपाउने भएपछि बंगलादेशबाट मगाएका थिए । चिकित्सकहरुले दिनहुँ विरामीका लागि ‘रेमडेसिभिएर’ ल्याउन भन्छन तर विरामीले त्यो औषधि ल्याउन सकेका छैनन भने सरकारी निकाय औषधि व्यवस्था विभाग (डिडिए) ले औषधि ल्याउन निवेदन हालेका कम्पनीहरूको छनौटमा ढिलाई गर्दा केही व्यक्तिहरुको ज्यान गएको चिकित्सकहरुले जनाएका छन् । 

सो औषधी प्रयोग गर्न पाइने कि नपाइने भन्ने निर्णय नैभईकन साउन ७ गते विराटनगरका चिकित्सक डा। ज्ञानेन्द्र कार्कीलाई प्रयोग गरिएको थियो । डा। कार्कीलाई कोरोना संक्रमण भएपछि सो औषधी नेपालमा नपाएर कोलकाताबाट प्लेन चार्टड गरेर मगाइएको थियो । त्रिवि शिक्षण अस्पतालमा उपचार गराइएका डा. कार्कीलाई त्यहाँका चिकित्सकहरूले रेमडिसिभिएर औषधि आवश्यक रहेको भनेपछि उनले प्लेन चार्टर्ड गरेर कोलकाताबाट ल्याएका थिए । 

कोरोना संक्रमितलाई सामान्य औषधिले काम नगरेपछि आइसियुमा राखेर सुईमार्फत यो औषधि दिइन्छ । अमेरिकाको जिलिडले उत्पादन गरेको सो औषधिलाई अमेरिकी सरकारले कोरोना संक्रमण भएका बिरामीलाई प्रयोग गर्न अनुमति दिएको थियो । चिकित्सकका अनुसार यो औषधिले संक्रमितहरूलाई चाँडो निको हुन सहयोग गर्दै आएको छ । बिरामीलाई अन्तिम अवस्था वा आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएपछि मात्रै यो औषधि प्रयोग गरिने चिकित्सकहरूले जनाएका छन । हाल यो औषधी भारत, पाकिस्तान, बंगलादेशले उत्पादन गर्दै आएका छन् ।

प्रकाशित: ११ भाद्र २०७७ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App