बंगलादेशबाट ५ हजार भाइल ‘रेमडेसिभिएर’ प्रदान
कोभिड–१९का विरामीलाई उपचारमा प्रयोग गरिने औषधी ‘रेमडेसिभिएर’ ५ हजार भाईल शुक्रबार साँझ बंगलादेशबाट नेपाल आइपुग्ने भएको छ । बिहिबार बंगलादेश सरकारले नेपाल सरकारलाई ५ हजार भाईल ‘रेमडेसिभिएर’ हस्तान्तरण गरेपछि सो औषधी शुक्रबार साँझसम्म नेपाल ल्याएर गम्भीर प्रकृतिका विरामीलाई प्रयोग गरिनेछ ।