१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको सुरुवात कसरी भयो ? वुहानमै पुगेर अनुसन्धान गर्दै डब्लुएचओ

कोरोना भाइरसको सुरुवात कहाँबाट भयो ? यसको जवाफ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोजिरहेको छ ।  

यही कुरा पत्ता लगाउन अहिले चीनको वुहानमा रहेको डब्लुएचओको टोलीले त्यहाँका वैज्ञानिकसँग छलफल गरिरहेको छ । वुहान त्यही ठाउँ हो, जहाँबाट कोरोना महामारी सुरु भएको थियो ।  

समाचार एजेन्सी रोयटर्सका अनुसार डब्लुएचओका प्रवक्ताले वुहानमा जनावरबारे जारी अनुसन्धानबारे पनि छलफल गरिएको छ । वुहानमा महामारी सुरुवात भएका दिनमा जंगली जनावरको बजार बन्द गरिएको थियो ।  

डब्लुएचओका अनुसार के कुराको सम्भावना बढी छ भने कोरोना भाइरस चमेराबाट उत्पन्न भएको हो र त्यसपछि यो कुनै अर्काे जनावर हुँदै मानिससम्म आइपुगेको हो । विश्वका वैज्ञानिक तथा देश डब्लुएचओले निकालेको निष्कर्षको जाँच गरिरहेका छन् ।  

अमेरिकाले यही अनुसन्धानका लागि डब्लुएचओसँग निकै अनुरोध गरेको थियो । ट्रम्प प्रशासनले डब्लुएचओलाई चीनसँग मिलेको आरोप नै लगाइरहेको छ र त्यहीं निहुँमा अमेरिका डब्लुएचओबाटै अलग भएको घोषणा गरिसकेको छ ।्

वुहानमा अनुसन्धानरत डब्लुएचओको टोलीमा दुई पशुस्वास्थ्य र महामारी रोग विशेषज्ञ छन् । उनीहरू चीनमा तीन हप्तासम्म रहने बताइएको छ ।

प्रकाशित: २० श्रावण २०७७ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App