८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोना महामारीको दोस्रो लहर देखिन थालेकाे छ : डब्लुएचओ

डाक्टर टेड्रोस एडहानम गेब्रियसस

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना संक्रमण अझै विश्वव्यापी महामारीकै रूपमा फैलिरहेको जनाएको छ ।  

महामारी घोषणा गरिएको ६ महिनापछि बसेको डब्लुएचओको आपतकालीन कमिटीको बैठकले याे थामिनुको सट्टा याे अझ तेज गतिमा फैलिरहेको निष्कर्ष निकालेको हो।  

डब्लुएचओले यसै वर्षको जनवरी ३० तारिख कोरोना संक्रमणलाई विश्व महामारी घोषणा गरेको थियो। यसबाट उत्पन्न परिस्थितिको आकलन गर्न  शुक्रबार डब्लुएचओको आपतकालीन कमिटी बैठक सम्पन्न भएको हो ।  

बैठकपछि डब्लुएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले अहिले पनि धेरै देशमा कोरोना महामारीले भयावह स्थिति सिर्जना गरिहेको बताए ।

उनले भने, ‘कतिपय देशमा संक्रमणको दोस्रो लहर पनि देखिएको छ। साताको सुरुमा संक्रमण कम देखिएका स्थानमा अहिले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको पाइएको छ ।’  

बिबिसीका अनुसार फेरि ३ महिनापछि डब्लुएचओको आपतकालीन कमिटीको बैठक बस्नेछ र कोरोनाबारे समीक्षा गर्नेछ ।

प्रकाशित: १८ श्रावण २०७७ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App